Mar 29, 2008

Voting Papers and Candidates for Pyuthan


Constituent no -2
नेकपा एमाले,४६,पुरुष

मतदाता सूचीमा गाउनै छुट

सुन्दा अचम्म लाग्ला, एउटै वडाका २६ घरका मतदाताको सूचीमा नामै छैन भन्दा, तर यही भएको छ प्यूठानको जुम्रिकाडामा । कसको लापरबाही - प्रश्न अनुत्तरित नै छ तर उनीहरू नेपालको ऐतिहासिक संविधानसभाको चुनावमा मतदानको अधिकारबाट वञ्चित हुुने भएका छन् । विकट गाउ“ जुम्रिकाडाको वडा नं १ का बासिन्दा, उनीहरू आफैमा अशिक्षित छन् । उनीहरूलाई मताधिकार खोज्न कहा“ जाने त्यो पनि थाहा छैन । गाउ“का सबै २६ परिवारको मताधिकार हनन हुु“दा पनि कसैले आवाज उठाइदिएको छैन । न दलहरूले केही पहल गरेका छन् न त गाविस सचिव वा सरकारी निकायबाट नै चासो दिइएको छ । मतदाता नामावली सङ्कलन गर्दा नाम छुुटेकाले जुुम्रिकाडा डिही र पाखुुट्टे गाउ“का २६ घरधुरीका १ सयभन्दा बढी मतदाता मताधिकारबाट वञ्चित हुुने निश्चित भएको छ । यसरी नाम छुुट्नेहरूमा गत स्थानीय निर्वाचनमा वडा अध्यक्षको पदमा उम्मेदवारी दिएका पोमे र्घर्तीसमेत रहेको एमाले जुुम्रिकाडाका सचिव लक्ष्मण भण्डारीले बताए । त्यस्तै कमल भुसाल, यमलाल भट्टर्राई, केशव विश्वकर्मार्,र् इश्वरीप्रसाद भुसाललगायतको परिवार रहेको छ । मतदाता संकलन गर्न निर्वाचन कार्यालय प्यूठानले खटाएका ४ जना सहजकर्ताहरू बिनाराम र्घर्ती, टीकाराम भुसाल, चूडामणि पोख्रेल र शशिधर पण्डितले सङ्कलन गरेको नामावली गाविस सचिव रवीन्द्रेश्वर र्घर्तीमार्फ जिल्ला निर्वाचन कार्यालय प्यूठानमा पठाए पनि उनीहरूको नाम मतदाता नामावलीमा छुुटेको छ । निर्वाचन कार्यालय प्यूठानका जिल्ल् निर्वाचन अधिकारी ऋषिराम भुसाल कार्यालयमा आएका सङ्कलित नामावली सबै सूचीमा समेटिएको दाबी गर्छन् । मताधिकारबाट वञ्चित भएकाहरू सूचीमा नाम छुुटेकोमा आक्रोशित छन् । नाम छुटेकामध्येकार् इश्वरीप्रसाद भुसाल कर्मचारीका कारण आफूहरू मतादानबाट वञ्चित भएको बताउ“छन् । गाउ“मा जाने मतादाता शिक्षा अभियानबाट चुुनावको महत्त्व बुझ्न थालेपछि उनीहरू थप आक्रोशित हुुन थालेका छन् । भन्छन्- 'संविधानसभाजस्तो ठूलो चुुनावमा पनि भोट हाल्न नपाइने भो ।' उनीहरूले यसपरूवका निर्वाचनमा भने मतदान गरेका थिए । गाविस सचिव र्घर्तीका अनुसार वडा नं १ मा मात्र नभई अन्य वडामा पनि थुुप्रै मतादातको नाम छुटेको छ । अशिक्षित भएका कारण दाबी विरोधको समयावधिसमेत थाहा नपाएकाले उनीहरू छुुटेका हुुन् । सुुस्ताका ८ सय छुटपरासी- सविधानसभा निर्वाचनमा त्रिवेणी-सुुस्ता गाविसका आठ सयभन्दा बढी सुुस्ताबासी मतदान गर्नबाट वञ्चित हुुने भएका छन् । मतदाता सूचीमा ती आठ सय सुुस्ताबासीको नाम समावेश नभएका कारण उनीहरू मतदान गर्नबाट वञ्चित हुुन भएका हुुन ।सुुस्तामा १ हजार १ सय बढी मतदाता संख्या रहे पनि निर्वाचनका लागि तयार गरिएको सूचीमा तीन सय १५ जना सुुस्ताबासीको मात्रा नामावली समावेश भएकाले अन्यले भोट हाल्न नपाउने भएका हुुन् । कुुल तीन सय ६५ घरका कुल तीन हजार पा“च सयभन्दा बढी जनसंख्या रहेको सुुस्तामा प्रत्येक घरमा ४ देखि ५ जनाको संख्यामा मतदाता रहे पनि अधिकांशको घरमा एक-दुरुइजनाको मात्र नाम समावेश गरिएको स्थानीय प्रेमचन्द्र रौनियारले बताए सुस्ता बचाउ समितिका अध्यक्ष गोपाल गुुरुङले सुुस्ताबासीको नाम समावेश नगरी सरकारले मतदानबाट वञ्चित गरेको आरोप लगाए । जिल्ला निर्वाचन कार्यालयले अब निर्वाचन मतादाता सूचीमा नया“ नाम समावेश गर्न नसकिन जनाएको छ । 'नामावली संकलनका बेला विवाद भएका कारण छुुट्न गएको होला' जिल्ला निर्वाचन अधिकृत दिल्लीराज बेलवासेले भने ।
-नुमराज खनाल (Kantipur daily)