Jan 25, 2010

हाम्रो प्युठान ।।।।।

हाम्रो देश नेपाल सानो भय पनि प्रक्रीती को सुन्दरता ले धेरै धनी मानिन्छ ।यो हामी नेपालीहरु को लागि गौरब को कुरा हो । नेपाल भित्र का विभिन्न हरु ठाउँ मा सुन्दरता को आफ्नै परीभाषा छन । चाहे त्यो हिमाल, पहाड, तराइ, नदी तथा धार्मीक स्थल नै किन नहोस। तेसैले ले म तपाईंहरु लाई प्युठान जिल्ला अन्तर्गत पर्ने स्वर्गद्वारी को बारेमा बताउदै छु । हजुर । स्वर्गद्वारी जस्तो नाम ठाउँ पनि त्यती नै सुन्दर छ।। टाढा बाट हेर्दा आकाश को बादल लाई छोइरहेको जस्तो देखिने स्वर्गद्वारी धेरै रमणिये देखिन्छ ।। स्वर्गद्वारी बाट सिस्ने लेक वारी-पारी का एक अर्का लाई चुनौती दीइ रहेका हरियाली र रक्ताम्मै गुरास फुलेका पहाड हरु र ति पहाड मा बसिएका स –साना गाउ हरु । पहाड को काख बाट बग्दै गरेको मान्डबी नदी र साना खोला नाला हरु , विभिन्न प्रकार का पंक्षि हरु को द्रिश्य देख्दा प्रकिर्ती प्रेमी हरु मोहित न हुने त कुरै आएन । बिशाल लेक को टुप्पो मा बनेको स्वर्गद्वारी प्रसिद्द धार्मिक स्थल हो। यहाँ श्री पर्भु महाराज को पूजा गर्ने चलन छ ।। र श्री पर्भु महाराज को जन्म स्थल भने स्वर्गद्वारी होइन उनी रोल्पा जिल्ला को रुम्ती गाउ मा जन्मेका हुन उन्को नाम नारायण खत्री थियो र प्रभु महाराज को बाल्यकाल भने निकै कस्टमय भएको ईतिहास मा लेखिएको छ र स्वर्गद्वारी मा पर्भु महाराज ले जलाएको बिशाल यज्ञ को आगो आज सम्म पनि अगनिकुन्ज मा न निभेको ईतिहासमा नै साक्षी मानिएको छ ।

बैशाख को पुर्णिमा को दिन स्वर्गद्वारी मा भब्य मेला लाग्ने गर्छ यो मेला को दिन ब्यापार मा ल्याईने काफल ( एक प्रकार को फल) पनि देरै प्रसिद्द छ गर्मी को मौसम मा लागिने यो मेला धेरै रमाइलो हुन्छ । मेला को दिन प्रभु महाराज को दर्शन गर्न त आउछन नै बैसालु ठीटा ठीटी हरु ले एक अर्कालाई कोसेली साटेको पनि देखन पाईन्छ। कसैले नयाँ साथी बनाउछन त कोही जीवन साथी नै चुनेको कुनै नयाँ कुरो होइन ।।। लक्ष्मी पूजा को दिन पनि पूजा गर्ने को धेरै घुइचो हुन्छ यहाँ पर्भु महाराज दर्शन र लक्ष्मी पूजा गर्न नेपाल को कुना कुना बाट मात्र होइन भारत बासी हरु पनि आउने गरेको पाईन्छ यहाँ आउने स्रद्दालु हरु उमेर को कुनै रोकावट छैन ।। टाढा बाट आउने तिर्थ यात्री हरु दाङ को बाटो र प्युठान को भिङग्री बाट जाने गरेको पाईन्छ दाङ बाट त बस स्वर्गद्वारी पुगेको छ तर भिङग्री बाट भने बस जाने बाटो त खनिएको त छ तर अधुरो।। किनभने बाटो को बजेट बिचैमा सकियो न बाटो पुरा भयो न बनाएको बाटो काम लाग्यो । केवल कार कोपनि भिङग्री बाट स्वर्गद्वारीको लागि कुरा त चलेको छ आश गरौ चाडै नै केवल कार र बस हिंड्ने बाटो को ब्यबस्था भयो भने धेरै सजिलो हुने छ… गौमुखी भन्ने जस्तो पवित्र स्थल पनि यही छ् जहाँ बाट झिम्रुक नदी र मान्डभी नदी हरु छुटियका छ्न। जहाँ बाट गहु यानी गाई को मुख बाट पानी निस्कियर दुई नदी हरु अलग अलग भयका छन यहाँ मकरसक्रान्ती को दिन मेला लाग्ने गर्छ यहाँ गयर त्यो दिन नुहाय पछी मन ले आटेको पुग्छ भन्ने धार्मिक परम्परा छ् प्युठान को आशादै बिकट जग्गा अर्खा गा बि स मा पर्छ यदी तपाईं त्यहा जानु भयो भने थाहा पाउनु हुने छ् कि त्यहा को हावा पानी को बारेमा यो ठाउँ मा अनेत्र ठाउँ बाट पनि भक्तजन आउने गर्छन् ।

त्यहा पुग्न को लागि प्युठान ठुलाबेसी भन्ने ठाउँ बाट कारीब ५ घण्टा जती लाग्छ पैदल यदी सरकार ले आँखा खोलेर हेर्यो भने कही राम्रो हुनेछ भन्ने त्यहा का बासिन्दा को भनाइ छ। र आर्को यस्तै रमाइलो ऐरावती भन्ने धर्म स्थल पनि छ यो पनि धेरै प्रसिद्द छ यो ठाउँ मा झिम्रुक नदी र मान्डबी नदी मिलन भयको छ् इ दुई नदी हरु मिलेर राप्ती नदी बनेको छ् जो तपाईं धेरै जसो ले सुन्नु भयको छ् होला राप्ती नदी यसैको नाम बाट राप्ती अञ्चल पनि छ् यो त तपाईं हरुलाइ थाहा त नहुने कुरै भयन यहाँ मकरसक्रान्ती को दिन मेला लाग्ने चलन छ् यहाँ मकरसक्रान्ती को दिन मा धेरै भिड लाग्दछ यहाँ गयर तीन या सात पटक डुब्की लगाउदा मनले आटेको पुग्छ भेन्ने धार्मिक मान्यता रहेको छ यहाँ नदी को किनरा मा ठुला ठुला ढुङ्गा हरु छन जस मा अनेकौ थरीका चित्र हरु बनेका छन । ।

Source: khadkaonline.com

प्युठानमा स्थानीय ब्याङ्क

प्युठानको बिजुवारमा गौमुखी विकास ब्याङ्क खोल्ने तयारी पूरा भएको छ।

यो जानकारी पत्रकार सम्मेलन गरी ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत श्यामप्रसाद ढकालले दिएका हुन।
अधिकतम् पुँजी पाँच करोड, जारी पुँजी दुई करोड र चुक्ता पुँजी एक करोड चालीस लाखबाट कारोबार सुरु गर्न लागिएको जानकारी पनि दिइयो।

सर्वसाधारणको सुविधालाई मध्यनजर गरि ब्याङ्कले वर्षमा ३६५ दिन नै सेवा दिने जानकारी पनि दिइयो। यो ब्याङ्कमा निशुल्क खाता खोल्न सकिनेछ। सत्तरी प्रतिशत सेयर सदस्यका लागि छुट्टयाइएको र २५ प्रतिशत सर्वसाधारणलाई दिइने तथा बाँकी पाँच प्रतिशत सेयर भने कर्मचारीका लागि खुल्ला गर्ने जानकारीसमेत ढकालले दिए।