Jan 25, 2010

प्युठानमा स्थानीय ब्याङ्क

प्युठानको बिजुवारमा गौमुखी विकास ब्याङ्क खोल्ने तयारी पूरा भएको छ।

यो जानकारी पत्रकार सम्मेलन गरी ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत श्यामप्रसाद ढकालले दिएका हुन।
अधिकतम् पुँजी पाँच करोड, जारी पुँजी दुई करोड र चुक्ता पुँजी एक करोड चालीस लाखबाट कारोबार सुरु गर्न लागिएको जानकारी पनि दिइयो।

सर्वसाधारणको सुविधालाई मध्यनजर गरि ब्याङ्कले वर्षमा ३६५ दिन नै सेवा दिने जानकारी पनि दिइयो। यो ब्याङ्कमा निशुल्क खाता खोल्न सकिनेछ। सत्तरी प्रतिशत सेयर सदस्यका लागि छुट्टयाइएको र २५ प्रतिशत सर्वसाधारणलाई दिइने तथा बाँकी पाँच प्रतिशत सेयर भने कर्मचारीका लागि खुल्ला गर्ने जानकारीसमेत ढकालले दिए।

No comments: