Jan 10, 2008

Will Pyuthan have a dalit Rep for Constituent Assembly?

प्यूठानबाट दलित सांसद बनाउनेमा सबै दल सहमत (Pyuthan political parties agree on having a Dalit rep to Constituent Assembly form their district)

जिल्लामा क्रियाशील सबै राजनैतिक दलहरुले जिल्लामा एक जना दलित सांसद बनाउने र्सार्वजनिक प्रतिवद्धता ब्यक्त गरेका छन् ।
२ निर्वाचन क्ष्ँेत्र रहेको प्यूठानमा सबै राजनैतिक दलहरुले प्रतिबद्धता लागू गरे असन्न संबिधानसभाको चुनावमा जिल्लाबाट एक जना दलित सांसदको प्रतिनिधित्व हुने समेत निश्चित भएको छ । दलित मानवअधिकार सङ्गठन जिल्ला एकाई प्यूठानको आयोजनामा बिहिवार सदरमुकाम खलङ्गामा भएको स्थानीय स्तरमा दलित समुदाय र समानुपातिक प्रतिनिधित्व बिषयक र्सार्वजनिक सुनुवाईमा नेताहरुले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
जिल्लाभरका दलित अधिकारबादी कार्यकर्ताहरुको प्रश्नको जवाफ दिदै नेताहरुले २ निर्वाचन क्ष्ँेत्र रहेको प्यूठानमा १ जना दलितलाई सांसदको लागि उम्मेदवारी दिन र सिफारिस गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । हाल जिल्ला कमिटिमा दलितको संख्या शुन्य रहेको बताउने दलका नेताहरुले पनि सो प्रतिवद्धता साथ आयोजक संस्थास“ग प्रतिवद्धता पत्रमा हस्ताक्ष्ँर गरेका छन् । आयोजकहरुले भने सो प्रतिबद्धता पुरा भए नभएको अनुगमन गरिरहने समेत बताएका छन् ।
दलका नेताहरुलाई मञ्चमा बर्साईएर अन्यलाई दर्शक दिर्घर्ाा राखिएको सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीई बोलाईएको थिएन भने माले उपस्थित थिएन । अन्य सबै दलका नेताहरुले आफूहरुले छुवाछुत नमान्ने समेत घोषणा गरेका थिए । दलित अधिकारवादी नेता एवं पत्रकार र्सर्ूयबहादुर बिश्वकर्माले सञ्चालन गर्नुभएको र्सार्वजनिक सुनुवाईमा नेपाली कांग्रेसमा १९ सदस्यीय जिल्ला कमिटिमा १ जना, एमालेको १९ सदस्यीय जिल्ला कमिटिमा २ जना, जनमोर्चा केसी, शेरचन र आलेमा क्रमशः ४, ३ र १ जना दलितहरुको प्रतिनिधित्व रहेको जानकारी गराइृएको थियो । ने. क.पा. माओवादी र कांग्रेस प्रजातान्त्रिकमा भने हाल जिल्ला कमिटिमा नभएपनि तत्काल ल्याउने प्रतिवद्धता ब्यक्त गरिएको थियो ।
स्थानीय गाउ तथा क्ष्ँेत्रीय कमिटिमा आ-आफ्नै ढङ्गले सहभागिता बढाउने प्रतिवद्धता ब्यक्त गरिए पनि २ निर्वाचन क्ष्ँेत्र भएको प्यूठानमा १ जना दलित नेतालाई आसन्न्ा संबिधानसभाको चुनावमा उम्मेदवार बनाउने कुरामा भने सबै दलहरु सहमत भएका थिए । कायृक्रममा सहभागिहरुलाई दलितहरुलाई भोट ब्याङ्कको रुपमा प्रयोग नगर्न पनि अनुरोध गरेका थिए । प्रतिवद्धता पत्रमा नेपाली कांग्रेसका सुभाष केसी, एमालेका धनबहादुर रायमाझी, कांग्रैस प्रजातान्त्रिकका शाल्रि्राम पण्डित, माओवादीका धनेश्वर पोख्रेल, र जनमोर्चा केसी, शेरचन र आलेका क्रमशः राम पहाडी, रामबहादुर केसी र पितबहदुर एम.सी.ले हस्ताक्षर गरेका छन् । प्यूठानमा अधिकारवादीहरुका तर्फाट दलका नेताहरुलाई र्सार्वजनिक सुनुवाइृमा र्सार्वजनिक प्रतिवद्धतामा हस्ताक्षर गर्राईएको यो नै पहिलो हो ।
Report by:Rupesh Silwal

4 comments:

Anonymous said...

i m more concerened about pyuthan and its surroundings....good work please keep it up....i will be more than happy to see demographic inclusions on pyuthan....thanks for tracing this news....rupesh silwal

Pradip said...

Dear friend,
I read your blog article about the Pyuthan distirict which is really super. I am really proud with you and very happy with your article.
I am also a trekking guide and I am from Pyuthan district Rajwara vdc.
My proffession is Trekking Guide and check my blog address too ; http://tour-himalaya.blogspot.com
Pradip Kumar Budhathoki

pp said...

Hi Al Pyuthani,
can u please upload the some of pyuthan potho.
thanks
prakash

chuman said...

hi and namaste frens....its me chuman singh thapa from dakha quady 3..i have read this blog it is good but not perfect.feeling so glad to read my district's news and events hope it will be updated regularly..good luck and lots of best wishes to all the pyuthani...